• Thursday, April 23, 2026

अमेरिकी डलरको मूल्य १५० रुपैयाँ नाघ्यो; यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भई बिक्रीदर प्रति डलर १५० रुपैयाँ ३८ पैसा पुगेको छ। यसको खरिददर भने १४९ रुपैयाँ ७८ पैसा तोकिएको छ।
युरोपियन मुद्राहरूको मूल्य पनि उच्च देखिएको छ। युरो एकको खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा कायम भएको छ भने युके पाउन्ड स्टर्लिङको बिक्रीदर २०३ रुपैयाँ १६ पैसा पुगेको छ। यस्तै, स्वीस फ्रयाङ्कको बिक्रीदर १९२ रुपैयाँ ४४ पैसा र अष्ट्रेलियन डलरको १०७ रुपैयाँ ६३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
एसियाली मुद्राहरू तर्फ चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ०४ पैसा, जापानी येन १० को नौ रुपैयाँ ४४ पैसा र साउदी रियालको बिक्रीदर ४० रुपैयाँ १० पैसा कायम भएको छ। खाडी मुलुकको अर्को प्रमुख मुद्रा कतारी रियालको खरिददर ४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४१ रुपैयाँ २६ पैसा तोकिएको छ।

Please Login to comment in the post!

you may also like