• Tuesday, August 26, 2025

भिजिट भिसा प्रकरणमा पूर्वमुख्यसचिव वैरागीको नेतृत्वमा बन्यो छानबिन समिति


काठमाडौं। पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेको छ।

बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव वैरागीको नेतृत्वमा छानबिन विभिन्न मन्त्रालयका सहसचिवहरु सदस्य रहने गरी समिति बनाएको हो।

समितिले ३० दिन भित्रमा सरकारलाई छानविन प्रतिवेदन बुझाउनुपर्ने गरी समय निर्धारण गरिएको एक मन्त्रीले जानकारी दिए।

Please Login to comment in the post!

you may also like