• Tuesday, August 26, 2025

रास्वपाका कार्यवाहक सभापति अर्यालद्वारा रवि लामिछानेसँग भेट, रूपन्देहीमा संसदीय दलको बैठक तय


काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले सभापति रवि लामिछानेसँग आज रूपन्देही पुगेर भेटघाट गर्नुभएको छ। भेटमा अर्यालले हस्ताक्षर अभियान र पार्टीका गतिविधिबारे जानकारी गराउनुभयो।

आजै रास्वपाका सांसदहरू रूपन्देही पुग्ने कार्यक्रम रहेको छ। पार्टीले भोलि बुधबार रूपन्देहीमा संसदीय दलको बैठक राखेको छ। बैठकअघि र पछि सांसदहरूले बिहान र बेलुका घरदैलो अभियानमा सहभागी हुने कार्यक्रम छ।

Please Login to comment in the post!

you may also like