काठमाडौं। स्रोत नखुलेको करिब साढे १ करोड रकमसहित एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडाैंकाे टोलीले सोमबार साँझ बौद्धबाट १ करोड ४४ लाख रकमसहित उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वाङ जियान रहेका छन्। गोप्य सूचनाको आधारमा परिसर र प्रहरी वृत्त बौद्धको टोलीले बौद्धको नयाँ बस्तीस्थित एक कोठामा छापा मार्दा उनको साथमा सो रकम भेटिएको प्रहरीले जनाएको छ। सो रकम हुण्डीको हुन सक्ने
प्रहरीले आशंका गरेकाे छ। यसबारे थप अनुसन्धान भइरहेकोप्रहरीले बताएको छ।