• Tuesday, March 10, 2026

पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुनः प्राप्त गरे नागरिकताको प्रमाणपत्र


काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नागरिकताको प्रमाणपत्र पुनः प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज उनलाई नयाँ नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री खनालको निवासमा भएको आगजनीबाट नागरिकता लगायतका महत्वपूर्ण कागजात जलेर नष्ट भएका थिए। सोही नष्ट भएको नागरिकता पुनः प्राप्त गर्न उनी आज जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए।

यस अवसरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेल नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी खनाललाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो।

Please Login to comment in the post!

you may also like