• Tuesday, March 10, 2026

माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्री खुलायो


काठमाडौं। माछापुच्छ्रे बैंकले संस्थापक सेयरधनी गान्धी पण्डितको नाममा रहेका कुल ९८ हजार ८९७ कित्ता संस्थापक सेयर बिक्रीका लागि सार्वजनिक गरेको छ।

बैंकका अनुसार उक्त सेयर केवल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न सक्नेछन्। इच्छुक सेयरधनीहरूले ३५ दिनभित्र आवश्यक कागजातसहित आफूले किन्न चाहेको सेयरको संख्या र मूल्य स्पष्ट रूपमा उल्लेख गरी निवेदन बुझाउनुपर्नेछ।

सेयर खरिदका लागि निवेदन सुन्धारास्थित बाघदरबार जेडीए कम्प्लेक्समा रहेको माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा बुझाउन सकिने बैंकले जनाएको छ।

Please Login to comment in the post!

you may also like