• Tuesday, March 10, 2026

सुमना छोड़ेपछि ‘रुस्ट’ बनेको रास्वपा, सन्तोषको राजीनामामा परिपक्व प्रतिक्रिया : नेपाली राजनीतिमा नयाँ सन्देश


काठमाडौं,— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएको असन्तुष्टिको श्रृंखला निरन्तरता पाइरहेको छ। केही समयअघि संयुक्त महासचिव सुमना श्रेष्ठले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पद र सदस्यता दुवै त्यागेपछि रास्वपा आन्तरिक रूपमा ‘रुस्ट’ र विभाजित देखिएको थियो। पारदर्शिता, निर्णय प्रक्रियामा समावेशिता र नेतृत्व–समीक्षाको अभावले आफू निराश बनेको भन्दै श्रेष्ठले पार्टी छोडेकी थिइन्।

यही पृष्ठभूमिमा शुक्रबार प्रमुख सचेतक तथा पूर्व सांसद सन्तोष परियारले पनि पार्टीका सबै जिम्मेवारी तथा साधारण सदस्यताबाट राजीनामा घोषणा गरे। परियारले पार्टीभित्र विचार स्थापित हुन नसकेको र सेप्टेम्बर ८–९ मा देखिएको युवा विद्रोहले नयाँ राजनीतिक मार्गचित्र संकेत गरे पनि रास्वपा त्यस दिशामा अघि बढ्न नसकेको आरोप लगाए।

तर, यसपालि रास्वपाले परियारको राजीनामा प्रति दिएको सार्वजनिक प्रतिक्रिया भने विगतका घटनाहरूभन्दा भिन्न देखियो। पार्टीले उनलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्दै संयमित र सम्मानजनक बयान दिएको छ, जसलाई धेरैले “सभ्य राजनीतिक संस्कारको उदाहरण” भनेर प्रशंसा गरेका छन्। अन्य दलहरूमा मतभेद प्रकट हुँदा देखिने कटाक्ष, आरोप–प्रत्यारोप र व्यक्तिगत गालीगलौजको सट्टा रास्वपाले भद्र शैली अपनाएको छ।

विश्लेषकहरूका अनुसार, सुमना श्रेष्ठको बाहिरिने घटना रास्वपाको आन्तरिक अस्थिरता र नेतृत्वप्रति बढ्दो असन्तुष्टिको संकेत थियो। तर सन्तोष परियारको राजीनामामा देखिएको पार्टीको परिपक्व प्रतिक्रिया भने नेपाली राजनीतिमा सकारात्मक सन्देशका रूपमा व्याख्या गरिएको छ। उनीहरूको भनाइमा, आन्तरिक चुनौती कायम रहे पनि रास्वपाले सार्वजनिक व्यवहारमा सभ्य र लोकतान्त्रिक राजनीतिक संस्कारको अभ्यास गर्ने प्रयास गरेको देखिन्छ।

यस्तो छ सन्तोषले दिएको राजीनामाको पत्र।

Please Login to comment in the post!

you may also like