• Tuesday, August 26, 2025

चर्चित लेखक सरुभक्तद्वारा लेखिएको नाटक ‘सिरुमारानी’ पुन मञ्चन हुदै


काठमाडौं । करिब २२/२३ वर्षअघि चर्चित लेखक सरुभक्तद्वारा लेखिएको नाटक ‘सिरुमारानी’ पुनः रंगमञ्चमा आउँदैछ। आगामी भदौ ११ गतेदेखि असोज ५ गतेसम्म, काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा नाटक मञ्चन हुने भएको छ।

नाटकलाई यसपटक अनुप न्यौपाने र सुमित्रा पेहिमले संयुक्त रूपमा निर्देशन गरेका छन्। मण्डला थिएटरका अनुसार ‘सिरुमारानी’ हरेक दिन (सोमबारबाहेक) साँझ ५:१५ बजे मञ्चन हुनेछ भने शनिबार दिउँसो १:१५ बजे विशेष शो हुनेछ।

नाटकले सरुभक्तको कलमको गहिरो दृष्टि र समसामयिक सन्देशलाई पुनः दर्शकसमक्ष ल्याउने अपेक्षा गरिएको छ। मण्डला थिएटरले कला–साहित्यप्रेमी सबैलाई उपस्थित भएर नाटक हेर्न आग्रह गरेको छ।

Please Login to comment in the post!

you may also like