काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओली नेपाल अवतरण गर्दैछन्। विमानस्थल स्रोतका अनुसार उनी चढेको जहाज करिब ११:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। प्रधानमन्त्री ओली दुबईबाट फ्लाई दुबईको उडान नम्बर ५७३ मार्फत स्वदेश फर्कँदै छन्।
विमानस्थल स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्रीलाई लिएर आउने जहाज नेपालको हवाई क्षेत्रमा प्रवेश गरेपछि करिब ३० मिनेटसम्म अन्य कुनै पनि उडान वा अवतरणलाई अनुमति दिइने छैन। यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले नोटाम (Notice to Airmen) नै जारी गरेको छ। यो नोटाम विशेषगरी भीआईपीहरूको आगमनलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि जारी गरिन्छ।
प्रधानमन्त्रीको अवतरणका क्रममा अन्य उडानहरूलाई प्रभावित हुन नदिन र सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाउनका लागि यो कदम चालिएको हो। यसले गर्दा उक्त समयमा हुने केही आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरूमा केही ढिलाइ हुन सक्नेछ। यात्रुहरूलाई यसबाट पर्न सक्ने असुविधाप्रति विमानस्थल प्रशासनले क्षमाप्रार्थी रहेको जानकारी पनि दिएको छ।
प्रधानमन्त्री ओलीको यो विदेश यात्रा तुर्केमिनिस्थानमा आयोजित एक विशेष कार्यक्रममा सहभागी हुनका लागि भएको थियो। उनी स्वदेश फर्किएसँगै मुलुकको राजनीतिक र आर्थिक गतिविधिमा थप सक्रियता आउने अपेक्षा गरिएको छ।