• Thursday, June 18, 2026

तयारी नपुग्दै पोखरा-भैरहवा उडानयोग्य ठहर गर्ने समितिका संयोजकलाई फेरि प्राधिकरण विभाजन तयारीको कमान्ड



नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा विभाजन गर्न आवश्यक तयारी तथा कानुनी–संस्थागत संरचना निर्माणका लागि निर्देशक बिक्रमराज गौतमको संयोजकत्वमा समिति गठन गरेको छ। नेपाल सरकारले आगामी आर्थिक वर्षभित्र प्राधिकरण विभाजन गर्ने योजना गौतम नेतृत्व मा समिति गठन गरिएको प्राधिकरण स्रोत ले बताएको छ।   गौतम यसअघि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल उडान सञ्चालनका लागि उपयुक्त रहेको सिफारिस गर्ने समितिको समेत संयोजक समेत रहिसकेका व्यक्ति हुन्। तर ती विमानस्थलहरूको सञ्चालन तथा व्यावसायिक योग्य नहुदै विमानस्थल योग्य भनि सिफारिस गरेको भन्दै उनको व्यापक आलोचना भएको थियो।  यस्ता  प्रश्नहरू को घेरा मा रहेका गौतम  नै फेरी संस्था विभाजन को लागि आवश्यक तयारी गर्ने समिति को संयोजक तोकिएका छन।  विशेष गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको केही समयपछि अवतरणको क्रममा यती एयरलाइन्सको विमान दुर्घटनामा परेपछि विमानस्थलको तयारी, जोखिम मूल्याङ्कन तथा सुरक्षासम्बन्धी व्यवस्थामाथि व्यापक बहस भएको थियो। केही सरोकारवालाले आधारभूत तथ्यांक तथा प्राविधिक विवरण पर्याप्त रूपमा सार्वजनिक नगरी विमानस्थललाई उडानयोग्य ठहर गरिएको र त्यसले सुरक्षा सम्बन्धी प्रश्नहरू उठाएको आरोप लगाउने गरेका छन्।

प्राधिकरणभित्रका केही अधिकारीहरूले नेतृत्वलाई सन्तुष्ट पार्ने क्षमता वा निकटताका आधारमा विभागीय कारबाहीको दायरामा आउनुपर्ने व्यक्तिहरू नै पटक–पटक महत्वपूर्ण जिम्मेवारीमा पुग्ने गरेको आरोप समेत लगाएका छन्। यस्ता आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी रहे पनि प्राधिकरण पुनर्संरचना जस्तो संवेदनशील र दीर्घकालीन प्रभाव पर्ने विषयमा गठन गरिएको समितिको नेतृत्व चयनले संस्थाभित्र सुशासन, जवाफदेहिता र पारदर्शिताबारे नयाँ बहस सुरु गराएको देखिन्छ।

Please Login to comment in the post!

you may also like