काठमाडौ। नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुईन खोलामा आज बिहान सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको थियो।
सडकबाट पहिरो पन्छाएसँगै दुईतर्फि यातायात सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले पहिरो पन्छाएसंगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका जानकारी दिए।