• Tuesday, August 26, 2025

कौसी थिएटरमा ‘काली पार' मञ्चन हुँदै


काठमाडौँ। इतिहासको पाना पल्टाउँदै दर्शकलाई पन्ध्रौँ शताब्दीको राजनीतिक र सामाजिक परिवेशमा डुबाउने नाटक **‘काली पार’** यही भदौ १२ गतेदेखि असोज ४ गतेसम्म टेकुस्थित कौसी थिएटरमा मञ्चन हुँदैछ।

निर्देशक मुक्तिप्रसाद पौडेलका अनुसार नाटकले टुक्रे राज्यबीचको युद्ध, सत्ता–संघर्ष र त्यसले जन्माएका मानवीय कथा रंगमञ्चमा उभ्याउनेछ।

सागर दाहाल, ऋषिकेश बस्याल, कविर काफ्का, आयुश्मा मगर, निरज पन्थी, मुकुन्द खलपात्र, आशिष काफ्ले, दिलराज राई र सरद भण्डारीसहित करिब २० जना कलाकारको संयुक्त अभिनयले नाटकलाई जीवन्त बनाइएको छ।

पत्रमञ्जूषाको निर्माण र कथा घेराको सहकार्यमा बनेको ‘काली पार’ मुक्ति पौडेल र प्रवीण पौडेलको संयुक्त निर्देशनमा तयार भएको हो। यसैसँगै दुवैले निर्देशन यात्रा आरम्भ गरेका छन्। कथा भने मुक्तिप्रसाद पौडेलकै लेखन हो। यसअघि उनको लेखनमा बनेको ‘काँचो धागो’ कौसी थिएटर मै मञ्चन भइसकेको छ।

Please Login to comment in the post!

you may also like