• Tuesday, August 26, 2025

नाटक ‘खमारी’ : रूख र बालकको मौन प्रेम कथा


काठमाडौँ । मणि के. राईको निर्देशनमा तयार भएको नाटक ‘खमारी’ भदौ १९ देखि थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुँदैछ।

निर्देशक राईका अनुसार, ‘खमारी’ प्रकृति र सभ्यताको संवाद हो। नाटकले एक रूख र बालकबीचको निःस्वार्थ प्रेम र यात्राको मौन कथा दर्शक सामु ल्याउँछ। यहाँ संवादको सट्टा शारीरिक अभिव्यक्ति र नृत्यलाई प्राथमिकता दिइएको छ, जसले कथालाई अझ जीवित बनाउनेछ।

नाटकमा प्रिया लम्जेल, आरुशी राई, मुस्कान राउत, प्रेम चन्द पाण्डेय, युगल श्रेष्ठ, सोनिया राई, डिलेन्द्र राई, देविका राई, ममता साम्पाङ्ग राई, शक्ति राई, रेनुका घर्ती मगर, रञ्जना नेपाली र सौजन सेनेहाङले अभिनय गरेका छन्।

भदौ २९ सम्म साताको प्रत्येक दिन दिउँसो ४:३० बजे र शनिबार दिउँसो १२:३० बजे मञ्चन हुने नाटक जयराम ढकालको निर्माण र एक थिएटर नेपालको प्रस्तुतिमा पर्दामा आउनेछ।

Please Login to comment in the post!

you may also like