• Tuesday, August 26, 2025

नेपाली कांग्रेसका महासमिति सदस्य गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश


काठमाडौ। नेपाली कांग्रेसका महासमिति सदस्य गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।रास्वपाको केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले सापकोटाको पार्टी प्रवेशको जानकारी दिएका थिए। सापकोटालाई रास्वपाको केन्द्रीय लेखा तथा समीक्षा विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

सापकोटाले पुराना दलहरूले सुशासन र देश विकासको मुद्दामा राम्रो काम गर्न नसकेको भन्दै आफूले नयाँ विकल्प रोजेको बताएका छन्। उनले कांग्रेस लगायतका दलहरूले घोषणापत्रमा राम्रा कुरा लेख्ने तर कार्यान्वयनमा चुकेको आरोप लगाएका छन्। सापकोटाले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुरु गरेका थिए र उनी नवलपुर क्षेत्रमा सक्रिय थिए।

Please Login to comment in the post!

you may also like