• Tuesday, August 26, 2025

दक्षिण अमेरिकी तटमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, अन्टार्कटिकामा सुनामी चेतावनी


 दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हालसम्म कुनै ठुलो क्षतिको विवरण भने आएको छैन।अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (USGS) का अनुसार भूकम्पको केन्द्र अर्जेन्टिनाको दक्षिणतर्फ रहेको ड्रेक पैसेज नजिकै, करिब १०.८ किलोमिटर गहिराइमा थियो।

सुनामी चेतावनी

भूकम्पपछि चिलीको नेभी हाइड्रोग्राफिक तथा ओसनोग्राफिक सर्विसले पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ। तर अधिकारीहरूले अझै पनि यसको मूल्याङ्कन भइरहेको बताएका छन्।

यसअघि पनि शक्तिशाली धक्का

यसै क्षेत्रमा यसअघि पनि २०२५ मे महिनामा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो। लगातारै यस्ता शक्तिशाली कम्पनहरू आउनुले वैज्ञानिकहरूलाई अझै सतर्क बनाएको छ।

विश्वभरि शक्तिशाली कम्पन

स्मरण रहोस्, गत जुलाई ३० मा रसियाको कामचाट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको विश्वकै छैटौँ ठूलो भूकम्प गएको थियो।त्यस भूकम्पपछि ५ मिटर उचाइसम्मको सुनामी आएको थियो भने भवनहरूमा ठूलो क्षति पुगेको थियो। त्यसबेला रसिया, जापान, अमेरिका र दक्षिण अमेरिकाका तटीय क्षेत्रमा चेतावनी जारी गरिएको थियो।

सतर्कता अझै उच्च

दक्षिण अमेरिकासहित अन्टार्कटिका क्षेत्रमा अहिले पनि सम्भावित सुनामीका लागि सतर्कता बढाइएको छ। विज्ञहरूले समुद्रतटीय क्षेत्रमा सतर्क रहन र चेतावनी सूचनामा ध्यान दिन आग्रह गरेका छन्।

Please Login to comment in the post!

you may also like