काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ।
रुपन्देहीबाट नख्खु कारागार सरुवा भएका लामिछानेको स्वास्थ्य जटिलता देखिएपछि ट्रमा सेन्टरका स्वास्थ्यकर्मीले कारागारमै पुगेर उनको स्वास्थ्य परीक्षण गरिरहेका छन्। रास्वपाका नेता दिपक बोहराले यो जानकारी दिए।
उनले भने, ‘रुपन्देहीबाट ल्याउँदा उहाँको हातको छाला पहेँलो भएको थियो। लामो समय बाहिर ननिस्किएको कारणले पनि यस्तो भएको हुन सक्छ। अहिले रगतको जाँच भइरहेको छ।’
लामिछानेलाई शनिबार रुपन्देहीबाट नख्खु कारागारमा सरुवा गरिएको थियो।